नदी किनारमा पुरुषको शव फेला

सांकेतिक तस्बिर

यहाँको नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोट नगरपालिका–६ का ५९ वर्षीय कृष्णप्रसाद चालिसेको नारायणी नदी किनारमा शव भेटिएको हो । गैँडाकोट–७ मा अवस्थित नारायणी नदी किनारमा चालिसेलाई मृतावस्थामा भेटिएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

असार ३० गते मङ्गलबार दिउँसो घरबाट निस्किएका चालिसे बुधबार साँझ मृतावस्थामा भेटिएका इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए । मङ्गलबार साँझसम्म चालिसेलाई स्थानीयवासीले घुम्दै गरेको अवस्थामा देखेको भए पनि उनको मृत्यु के कारणले भएको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको थापाले जानकारी दिए ।

चालिसेको शवलाई परीक्षणका लागि चितवनको भरतपुर अस्पतालमा पठाइएको जानकारी दिँदै थापाले परीक्षण रिपोर्ट आउन बाँकी रहेको बताए । चालिसेको मृत्यु शङ्कास्पद देखिएकाले आफूहरुले थप अनुसन्धान अगाडि बढाएको थापाले बताए । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्