दार्चुलाकाे मालिकार्जुनमा निर्माण भइरहेको सडकमा वडाध्यक्षकाे अवरोध

दार्चुला – मालिकार्जुन गाउँपालिकामा निर्माण भइरहेको सडकमा वडाध्यक्षले अवरोध सृजना गरेका छन् । मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ३ मा सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको चैतलीचोर देखि खरकट्या–भौनाला–गजाल–ऐरानी–सन्नी हुदै मेलखेत जोड्ने सडकमा वडाध्यक्ष रुद्रेसिंह धामीले अबरोध जनाएका छन् ।
सडक निर्माणमा विभिन्न बस्तीका स्थानीयहरुको विवाद रहेकाले सडक निर्माण कार्य आइतबारदेखि बन्द गराएको वडाध्यक्ष धामीको भनाई छ । बसेडीका स्थानीयहरुले पनि बसेडी हुदै सडक निर्माण गरिनुपर्ने माग गरेको र गजाल बस्तीका स्थानीयले बसेडी छुटाएर सडक निर्माण गर्न खोजिरहेको वडाध्यक्षको भनाई छ ।
भण्डारी घरसम्म सडक निर्माण गरेर गजाल बस्तीलाई सम्बोधन गर्ने गरि सडक निर्माण गर्नु पूर्व सहमति भएपनि अहिले वडाध्यक्षले सडकको काम बन्द गराउने कार्य उपयुक्त नभएको स्थानीयहरुको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्