कर्णालीमा २१ जना कोरोना संक्रमित थपिए, कुल संख्या १६१६ पुग्यो, १४०८ निको भए

काठमाडौँ – कर्णाली प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ११ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य शाखाले जनाएको छ । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान, जुम्लामा गरिएको परीक्षणमा कालिकोटका ७ जनामा कोरोना पुष्टि भएको हो ।

चौरजहारी नगरपालिका पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा रुकुम पश्चिमका २ जना पुरुषमा र दैलेख अस्पताल, दैलेखमा गरिएको परीक्षणमा आठबीस नगरपालिकाका १ जना महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य महाशाखाले जनाएको छ । यससँगै कर्णालीमा कोरोना संक्रमतिको संख्या १ हजार ६ सय १६ पुगेको छ ।
कर्णालीमा आज ४३ जना कोरोना निको भएर घर फर्किएका छन् । हालसम्म यहाँ निको भएर डिस्चार्ज हुनेको संख्या १ हजार ४ सय ८ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्