कोरोना नियन्त्रणमा दार्चुलाको महाकाली नगरपालिकाको १ करोड २२ लाख खर्च

दार्चुला – दार्चुलाको महाकाली नगरपालिकाले कोरोना खर्च विवरण सार्वजनिक गरेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा नगरपालिकाले एक १ करोड २२ लाख खर्च गरेको तथ्याङ्क सार्वजनिक गरेको हो ।

कोरोना भाईरस नियन्त्रण गर्न नगरपालिकाले क्वारेन्टिन स्थापना तथा व्यवस्थापन, स्वास्थ्य सामाग्री खरीद, स्वास्थ्यकर्मी व्यवस्थापन तथा परीचालन, राहत वितरण तथा नागरिक उद्धारमा खर्च सो रकम खर्च भएको जनाएको छ ।

कोरोना नियन्त्रण गर्न नेपाल सरकारले देश लकडाउन गरे (चैत ११ गते) देखि जेठसम्म राहत वितरणमा ६७ लाख ४१ हजार ५ सय ९३ रुपैँया, स्वास्थ्य सामाग्री खरीद तथा स्वास्थ्यकर्मी व्यवस्थापनमा ७ लाख ५५ हजार ७ सय ४५ रुपैँया खर्च गरिएको नगरपालिकाले जनाएको छ ।

क्वारेन्टाइनमा बसेकाहरुको खाना, वस्ने ओछ्याउने तथा घरसम्म पुयाउन २२ लाख, ९९ हजार ८ सय ८१ रुपैया, नगरपालिकाका नागरीकहरुलाई धनगढी तथा काठमाडौबाट उद्धार गर्नमा ६ लाख ८८ हजार सात सय, विपद व्यवस्थापन तर्फको खाजा भत्ता ७ लाख ५२ हजार ५ सय र स्वास्थ्यतर्फ खाजा भत्तामा १० लाख, ८ हजार ५ सय ९० रुपैँया लगायत १ करोड २२ लाख ४७ हजार ९ खर्च भएको छ ।

महाकाली नगरपालिकामा चैत्र १४ गते देखी अहिले सम्म ५२५ जना क्वारेन्टिनमा बसेका छन् । कोरोना परीक्षणका लागि गरिएको पिसिआर जाचँ २५४ जनाको गरिएको छ भने २ जनाको रिर्पोट पोजेटिभ आएको छ ।

यस्तै ६ सय ३९ जनाको आरडिटी गरिएकोमा १५ जनाको पोजेटिभ देखिएको छ । हाल २६ जना क्वारेन्टीनमा बसेका छन् भने आइसोलेशनमा ८ जना रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्