गण्डकीका ७ जिल्लामा १५ जना कोरोना संक्रमित थपिए

कास्की – गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार गण्डकीका ७ जिल्लामा नयाँ कोरोना संक्रमित थपिएका हुन् । निर्देशनालयका अनुसार संक्रमण पुष्टि हुनेमा तनहुँका ६ जना छन् । पर्वतका २ जना, बागलुङका २ जना, नवलपुर (बर्दघाट सुस्तापूर्व)का १ जना, स्याङजाका १ जना, गोरखाका १ जना, र लमजुङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्