‘नाफा घाटा जान्दैनौ, मुल्य बृद्धि मान्दैनौँ’ भन्दै नेविसंघको विरोध प्रदर्शन

???????????????????

काठमाडाैँ – नेपाल विद्यार्थी संघले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रदर्शन गरेको छ ।

दश दिनका बीचमा दुई पटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै मूल्यवृद्धि खारेज गर्न माग गर्दै नेविसंघले निगम घेराउ गरेको हो । नेविसंघ अध्यक्ष राजिव ढुंगानाको नेतृत्वमा नेविसंघ पदाधिकारीलगायतले आइतबार मूल्यवृद्धि खारेज गर्न बबरमहलस्थित सडकमा प्रदर्शन पनि गरे ।

‘सरकारमा बसेर जनता मार्न पाइँदैन, मूल्यवृद्धि खारेज गर, भ्रष्ट सरकार कहाँ छ नेविसंघ यहाँ छ, नाफा घाटा जान्दैनौं मूल्यवृद्धि मान्दैनौं’ भन्दै टाउकोमा कालोपट्टी बाँधेर उनीहरूले प्रदर्शन गरेका हुन् । नेविसंघ महामन्त्री दीपक भट्टराईका अनुसार कोरोना कहरका बीच निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेकोले विरोध गरिएको हो ।

मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने नेविसंघले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्