हेलम्बु गाउँपालिकाद्वारा स्वास्थ्यकर्मीहरुलाई सम्मान

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको छ । विहिवार इचोक स्वास्थ्य चौकीका कर्मचारीलाई सम्मान गरेको हो ।
मातृ तथा नवजात शिशु स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट सफलता हासिल गरेको सन्दर्भमा स्वास्थ्य चौकी (बर्थिङ सेन्टर) का इन्चार्ज विदुर ज्योती, अनमी निमाडोल्मा शेर्पा र सरिता खनाललाई सम्मान गरेको हो ।

२०७४ साल असार २५ गतेबाट सुरुवात भएको बर्थिङ सेन्टरले २०७४/७५ मा ५ जना, ३०७५/०७६ मा ५५ जना र २०७६/७७ मा ११७ जना गर्भवती महिलाहरुलाई सुरक्षित सुत्केरी सेवा प्रदान गरेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।
निःशुल्क एम्बुलेन्स, सुत्केरी प्रतिक्षा घर, थप ३००० पोषण खर्च, उत्कृष्ट व्यवस्थापन र जाँगरिला कर्मचारीको संयोजन मिल्न जाँदा हिमाली जिल्लाका बर्थिङ सेन्टरहरु मध्येकै बढी सेवा दिने स्वास्थ्य चौकी बन्न गएको हो । घरमै हुने सुत्केरीलाई निरुत्साहित गरी आमा र बच्चाको ज्यान बचाउने यस कार्यमा हेलम्बुबासीको उच्च चासो र सहभागिताको लागि अध्यक्ष शेर्पाले आभार व्यक्त गरेको छ ।

याे पनि पढ्नुहाेस् ।

सुरक्षित मातृत्व कार्यक्रममा अब्बल बन्दै हेलम्बु: इचोक स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्