मालिकार्जुन गाउँपालिकाको आगामी आवको नीति तथा कार्यक्रम र बजेट पारित, स्वरोजागरलाई प्राथमिकता

गणेशसिँह धामी, दार्चुला

दार्चुलाको मालिकार्जुन गाउँपालिकाको पाँचौ गाउँसभा सम्पन्न भएको छ । मालिकार्जुृनको पाँचौ गाउँ सभाबाट अध्यक्षसित स्वरोजगार र उपाध्यक्षसित महिला स्वरोजगार कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ ।
ती दुबै कार्यक्रमका लागि २५/२५ लाख बजेट विनियोजना गरिएको छ । गाउँपालिकाका अध्यक्ष नरेन्द्र सिह धामीले कोरोना भाईरस महामारीलाई मध्यनजर गरी आगामी वर्षका लागि स्वरोजागर कार्यक्रमलाई प्राथमिकता दिएको बताए ।

मालिकार्जुन गाउँपालिकामा आगामी वर्ष २०७७/०७८ का लागि ४७ करोड १९ लाख बजेट विनियोजन गरिएको छ । पाँचौ गाउँ सभाबाट आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गरिएको छ । असार १० गते गाउँपालिकाका सभामा नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिएको थियो ।

गाउँपालिकाले कोराना भाईरस (कोभिड –१९) को युनिकरण गर्न मुख्य प्राथमिकता दिएको छ भने युवा स्वरोजगारका लागि कृषि क्षेत्र, पशुपालन, लघु उद्यम, पर्यटन पूर्वाधार विकास जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेट ल्याएको छ ।

गाउँपालिकाले आगामी वर्ष भौतिक पूर्वाधार निर्माणलाई समेत प्राथमिकता दिएको अध्यक्ष धामीले बताए । गाउँपालिकाका उपाध्यक्ष पुष्पा अवस्थीले आगामी वर्षको नीति, कार्यक्रम र बजेट गाउँ सभामा प्रस्तुत गरेकी थिइन् । गाउँपालिकाले आगामी वर्ष ४० लाख बजेट आन्तरिक स्रोतबाट पूर्ति हुने लक्ष्य लिएको छ ।

नगरपालिकाले आगामी वर्षका लागि समपुरक कोष एक करोड ९० लाख, कोरोना कोष एक करोड ३० लाख, दिर्घ रोगीलाई उपचार खर्च ५लाख, विपद् व्यवस्थापन कोषमा २० लाख बजेट विनयोजन गरेको छ । यसैगरी काशीराम पन्त स्मृति प्रतिष्ठान, दलित लक्षित कार्यक्रम र न्यायिक समितिका लागि पनि बजेट छुट्याइएको छ ।

आगामी वर्षका लागि शिक्षामा ८० लाख, स्वास्थ्य २६ लाख, कृषि २० लाख, महिला तथा बालबालिका १६ लाख, पशु सेवा ८ लाख, आयुर्वेद ३ लाख र सहकारी प्रवद्र्धनका लागि ५लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिकाका सबै ८ वडामा २ करोड १४ लाख बजेट विनियोजन गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्