बाह्रबिसेमा बाढीपहिरोले गम्भीर घाइते भएका दुई जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयाे

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ५ जम्बुमा बाढीपहिरोले गम्भीर घाइते भएका दुई जना बिरामीलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ ।
यस्तै सो घटनामा बेपत्ता हुनेहरुको पहिचान भएको छ । बेपत्ता हुनेहरुमा बाह्रबिसे नगरपालिका ५ का भीमबहादुर वाईवा, चिनीमाया वाईवा, निमाडोल्मा, लक्ष्मण, सुनमाया, जनक वाईवा रहेका छन् । त्यस्तै सबिना तामाङ, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोक बहादुर तामाङ, युत्त बहादुर, सुवेश, सविता तामाङ रहेका छन् । अन्यको पहिचान नखुलेको खोजी भईरहेको जनाइएको छ । मृत्यु हुनेमा सोही ठेगानाका निकेश बस्नेत र उनकी तीन बर्षीया छोरी रहेको छ ।
भोटेकोशी गाउँपालिका ५ का निमादोर्जे तामाङ, मञ्जु, पासाङनोर्बु र सहिल तामाङ रहेका छन् । बेपत्ता हुनेहरुलाई नेपाली सेना, प्रहरी र उद्धारकर्मीबाट खोजी कार्य भईरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्