सुदूरपश्चिममा थप १६ जनामा कोरोना संक्रमण पुष्टि, कुन स्थानीय तहका कति ?

सुदूरपश्चिममा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
विहिवार सेती प्रादेशिक प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा कैलालीका ८ जना, अछामका ४ जना, कञ्चनपुरका २ जना र बाजुराका २ जना गरी जम्मा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जसमा गोदावरी नगरपालिका कैलालीका ५ जना, गौरीगंगा नगरपालिका, कैलालीका ३ जनार त्रिवेणी नगरपालिका बाजुराका २ जना, साँफेबगर नगरपालिका, अछामका २ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी भीमदत्त नगरपालिका, कञ्चनपुरका १ जना, कृष्णपुर नगरपालिकाका १ जना, चौरपाटी नगरपालिका, अछामका २ जना र मंगलसेन नगरपालिका, अछामका १ जनामा कोरोना पुष्टि भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्