‘एक कृषक, एक दुहुनो गाईभैँसी’ कार्यक्रम सञ्चालन गर्ने अन्नपूर्ण गाउँपालिकाकाे नीति

कास्कीको अन्नपूर्ण गाउँपालिकाले ‘एक कृषक, एक दुहुनो गाईभैँसी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि पशुपालक कृषक समूहलाई गोठ निर्माण तथा भकारो सुधार कार्यका लागि अनुदान उपलब्ध गराउने नीति लिइएको छ ।

कृषकलाई पशुपालनतर्फ आकर्षित गर्दै दुग्ध उत्पादनलाई दीगो तथा व्यवस्थित गराउन पशुधन बीमा कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए । उनका अनुसार बहुवर्षे भुइँ घाँस, पोषिलो हिउँदे घाँस र बहुवर्र्षे डालेघाँसका बिरुवा लगाउने जस्ता कार्यक्रम सञ्चालन गरी कृषकको दुग्ध उत्पादन लागत घटाइनेछ । दुग्ध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना एवं विस्तार गर्ने नीति अङ्गीकार गरिने उनले जानकारी दिए ।
व्यावसायिक पशुपालनमार्फत रोजगार सिर्जना गरी युवालाई गाउँभित्रै स्वरोजगार बनाउनका लागि प्रतिस्पर्धी अनुदान उपलब्ध गराई युवालक्षित पशुपालन कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्