मेलम्चीको पानी काठमाडौँ पठाउदा मुहानको गापालाई जानकारी भएन, अध्यक्ष भन्छन् ‘अनुचित भयाे’

मेलम्चीको पानी सुरुङबाट काठमाडौँमा पठाउनका लागि सरकारले स्थानीय सरकारसँग कुनै समन्वय र सहकार्य नगरेको भन्दै हेलम्बु गाउँपालिकाले घोर आपत्ती जनाएको ।
सोमबार एक विज्ञप्ती जारी गर्दै अध्यक्ष निमा ग्याल्जेन शेर्पाले उक्त कार्य अनुचित र गैरजिम्मेवार भएको टिप्पणी गरेका छन् । उनले आगामी दिनमा सहयोगको लागि असहज वातावरण सृजना गर्न स्थानीय सरकार र स्थानीयवासी वाध्य हुने र यसको सम्पूर्ण जिम्मेवारी उक्त आयोजना र सोसँग सम्बन्धित निकायले व्यहोर्नुपर्ने उल्लेख गरेका छन् ।
विज्ञप्तीमा भनिएको छ “आइतबार हेलम्बु गाउँपालिका क्षेत्रभित्र पर्ने प्राकृतिक स्रोत खानेपानी महान रहेको निर्माणधिन मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट काठमाडौँमा पानी पठाउनको लागि मुख्य सुरुङमा पानी हाल्ने जस्तो महत्वपूर्ण कार्य विधिवत रुपमा उद्घाटन गरेको कुरा स्थानीय सरकार र स्थानीयवासीले विभिन्न सञ्चार माध्यमबाट मात्र थाहा पाउँदा मेलम्ची खानेपानी आयोजनाले एउटा जिम्मेवार स्थानीय सरकारसँगको समन्वय, सहकार्य र सहयोग कसरी भईरहेको छ भन्ने कुरा घाम जस्तै छर्लङ्ग भएको छ ।

काठमाडौँ उपत्यकाबासी हाम्रो सम्पूर्ण नेपाली दाजुभाई दिदिवहिनीको घर घरमा यथास्रिध हेलम्बुको स्वच्छ र सफा जल पु¥याउन आफ्नो क्षेत्रबाट तत्पर हेलम्बु गाउँपालिका र स्थानीयवासीको तिव्र इच्छा शक्तिका बाबजुद सम्बन्धित निकायहरुबाट हाल र विगतका यस्तै गैरजिम्मेवार कार्यहरुबाट नेपालको संविधानको धारा २३२ ले सुनिश्चित गरेको तिनै तहको सरकार बिचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने भन्ने कुराको विपरीत भएकाले स्थानीय सरकार र स्थानीवासीलाई वेवास्था गरेको प्रमाणित भई हेलम्बु गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । स्थानीय सरकारको अहम भूमिका, समन्वय र सहयोग अतिआवश्यक रहने यस राष्ट्रिय गौरव आयोजनामा स्थानीय सरकार र स्थानीयवासीलाई निरन्तर संलग्न नगराउने सम्पूर्ण कार्यहरुप्रति घोर आपत्ती जनाउदैँ यस्ता अनुचित र गैरजिम्मेवार कार्यविरुद्ध आगामी दिनहरुमा सहयोगको लागि असहज वातावरण सृजना गर्न स्थानीय सरकार र स्थानीयवासी वाध्य हुनेछ र यसको सम्पूर्ण जिम्मेवारी उक्त आयोजना र सोसँग सम्बन्धित निकायले व्यहोर्नुपर्नेछ ।”

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्