राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, नेकपाभित्र विवाद बढ्ने संकेत

File Photo

फाइल फोटो

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीवीच राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको छ ।

मंगलबार बिहान ११ बजे बालुवाटारमा नेकपा स्थायी कमिटीको बैठक बस्ने तयारीमा थियो । तर प्रधानमन्त्री ओली सहभागी बन्नुपूर्व नै शीतलनिवास पुगेका हुन् ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीवीच वर्तमान राजनीतिक परिस्थिति र नेकपाभित्रको शक्ति सन्तुलनबारे कुराकानी भएको पार्टीका नेताहरुको अनुमान छ । नेकपाको स्थायी कमिटी बैठक १० गतेदेखि बालुवाटारमा सुरु भएको छ । आज चौथो दिन पनि बैठक बसेको छ ।

नेकपा भित्र अहिले राजनीतिक विवाद चुलिएको छ । पार्टीमा एकरुपता नभएको भन्दै नेताहरुले असन्तुष्टि पोखेका छन् । नेताहरुका अनुसार आजको बैठकमा पनि थप विवाद बढ्ने संकेतहरु देखिएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्