पहिरोका कारण कर्णाली राजमार्गको दैलेख सडकखण्ड अवरुद्ध, एक सुत्केरी १८ घण्टा देखि अलपत्र

दैलेख – कर्णाली राजमार्गको दैलेख सडकखण्डको आठबीस नगरपालिका–३ जाक्सी खोलामा आइतबार बेलुका पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ ।

सडक बन्द हुँदा गर्भवतीसहित खाद्यान्न बोकेर कालीकोट र जुम्ला जाने यातायातका साधन रोकिएका छन् । आठबीसका नगर प्रमुख खड्कराज उपाध्यायले राजमार्गमा ठूलो पहिरो गएको बताए । ‘सडक डिभिजन कार्यालयलाई पनि खबर गरेका छौं, तर पहिरो ठूलो छ ।

पहिरो हटाउन डोजर अभाव भएपछि व्यक्तिको डोजरलाई प्रयोगमा ल्याइएको छ’, उनले भने, ‘यो डोजरले पहिरो हटाउन अझै दुई दिन लाग्छ ।’

यसैबीच आइतबार बेलुका जिल्ला अस्पताल कालीकोटबाट सुर्खेत रिफर गरिएकी एक सुत्केरी सडक अवरुद्ध हुँदा १८ घण्टादेखि अलपत्र परेकी छन् । कालीकोट रिफर गरिएकी सुत्केरी र नवजात शिशुको अवस्था गम्भीर देखिएको छ । राति कालीकोट जिल्ला अस्पतालबाट वच्चा जन्माएकि खाँडाचक्र नगरपालिका–१ की २५ वर्षीया वसन्ती शाही र नवजात शिशुमा श्वासप्रश्वासको समस्या देखिएपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको थियो । तर सडक अवरुद्ध हुदा समस्या परेकाले शिशुका बाबु चिन्तित छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्