महाकाली लोकमार्ग अन्तरगत दार्चुला–गोकुलेश्वर सडक खण्डको पनेबाँजमा पहिरोले सडक अवरुद्ध

गणेश सिंह धामी
दार्चुला – महाकाली लोकमार्ग अन्तरगत दार्चुला–गोकुलेश्वर सडक खण्डको पनेबाँजमा सडक अवरुद्ध भएको छ ।
आज बिहान ६ बजेतिर पनेबाँजमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । माथिबाट पहिरो खस्दा करिब ५० मिटर सडकमा क्षति भएको छ । सडकको ग्याभिन वाल पनि भत्किएको जनाइएको छ । सडक भत्किएपछि सवारी साधन आवतजावतमा समस्या भएको छ । पहिरो गएपछि सडक खुलाउन जेसीबीले सम्भव नभए पछि स्काइभेटर मगाइएको छ । सडक खुल्न समय लाग्ने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्