खर र फुसको छाना बिस्थापन गर्ने नीति अनुरुप दार्चुलाका ७२१ घरधुरीले आर्थिक अनुदान पाउने

काठमाडाैँ- खर र फुसको छाना बिस्थापन गर्ने नीति अनुरुप दार्चुलाका ७ सय २१ घरधुरीलाई ५० हजारका दरले अनुदान रकम दिने सरकारको तयारी रहेको छ ।
नेपाल सरकारले देशभरी ३ वर्षभित्र खर र फुसको छाना बिस्थापन गर्ने नीति अनुरुप शहरी विकास मन्त्रालय अन्तरगत सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत आर्थिक सहायता उपलब्ध गराउन लागिएको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा दार्चुलाका ९ वटै स्थानीय तहका ७ सय २१ घरधुरीलाई अनुदान दिन बजेट विनियोजन गरेको सांसद गणेशसिँह ठगुन्नाको सचिवालयले जनाएको छ ।
जसमा नौगाड गाँउपालिका १६९ घरधुरी, ब्याँस गाउँपालिका ७६ घरधुरी, दुहुँ गाउँपालिका ७१ घरधुरी, मार्मा गाँउपालिका ६९ घरधुरी, महाकाली नगरपालिका र मालिकार्जुन गाँउपालिकामा ६८ /६८ घरधुरी अनुदान पाउने भएका छन । यसैगरी शैल्यशिखर नगरपालिका र लेकम गाँउपालिका ६७/६७ घरधुरी र अपिहिमाल गाँउपालिका ६६ घरधुरीले ५० हजारका दरले आर्थिक सहायता पाउने भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्