काँग्रेस पदाधिकारी बैठकद्वारा महाधिवेशनको कार्यतालिका परिमार्जन

नेपाली काँग्रेसले १४ औँ महाधिवेशनको परिमार्जित कार्यतालिका अनुमोदनका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आगामी मंगलबार दिउँसो १ बजे बस्ने केन्द्रीय समिति बैठकमा पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि आमन्त्रण गरिएको जानकारी दिए ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले कोरोनाका कारण प्रभावित भएको १४औँ महाधिवेशनको कार्यतालिका परिमार्जन गरेर गतिविधि अघि बढाउनेबारे निर्णय गरेको छ । त्यसलाई मंगलबारको केन्द्रीय समिति बैठकले अनुमोदन गर्नेछ ।

गाउँ र नगर वडादेखि प्रदेश अधिवेशनको कार्यतालिका समेत परिमार्जन गरिने भएको छ । काँग्रेसले गाउँ र नगर वडा अधिवेशन २०७७ साल मंसिर ९ गते, गाउँ र नगरपालिका अधिवेशन मंसिर ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन मङ्सिर १५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मंसिर १७ गते, जिल्ला अधिवेशन मंसिर २५ गते, प्रदेश अधिवेशन पुस १५ गतेका लागि तय गरिसकेको थियो ।
त्यसमा पनि केही फेरबदल गर्ने हुने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्