अब उपत्यका बाहिर जादा नयाँ नियम लागु, सवारी पासको ढाँचा सार्वजनिक

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका बाहिर जान लिनुपर्ने सवारी पासको ढाँचा सार्वजनिक गरेको छ । सवारी पास पाउन अबदेखि निवेदकले कार्यालयले जारी गरेको ढाँचाअनुसार निवेदन दिनुपर्नेछ । ढाँचामा यात्रुहरूको नाम, उमेर, स्थायी ठेगाना र सम्पर्क नम्बर लेख्नुपर्नेछ। जाने स्थान, जाने मिति, सवारी धनीको नाम, चालकको नाम पनि उल्लेख गर्नुपर्छ ।
निवेदनमा हुलाक टिकट टाँस्नु नपर्ने कार्यालयले जनाएको छ। कार्यालयले जारी गरेको ढाँचा सेवाग्राही आफैंले प्रिन्ट गरी निवेदनसहित दिनुपर्नेछ । उक्त ढाँचा कुनै स्टेशनरी पसलबाट प्रिन्ट गरी बेच्नु परेमा ५ रूपैंयाँभन्दा बढी नलिन पनि कार्यालयले आग्रह गरेको छ ।
निवेदनका साथमा जानु पर्ने स्थानीय तहको सिफारिश वा यात्रा प्रयोजन खुल्ने कागजातको फोटोकपी समेत समावेश गर्नुपर्ने कार्यालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्