नेपालमा १६८ किलो तौल भएकी महिलाले स्वस्थ बच्चा जन्माइन्, पहिलो रेकर्ड कायम

नेपालमा १ सय ६८ किलो तौल भएकी काठमाडौं निवासी एक महिलाले स्वस्थ बच्चा जन्माएकी छन् । काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा असार १० गते काठमाडौं कलंकी निवासी मेरिना हमालले शल्यक्रियामार्फत् २ दशमलव ९५ किलो तौल भएकी शिशुलाई जन्म दिएकी हुन् ।
वरिष्ठ स्त्री रोग तथा बाँझोपन विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मा नेतृत्वको टोलीले सफलतापूर्वक ती महिलाको शल्यक्रियामार्फत् बच्चा निकालेको हो । नवजात शिशु र आमाको अवस्था सामान्य रहेको नर्भिक अस्पतालले जनाएको छ ।

सामान्यतः यति ठूलो तौल र शारीरिक बनोट भएका महिलाको शल्यक्रियामार्फत् प्रसूति गराउनु आफैंमा निकै कठिन हुने चिकित्सकहरूको भनाइ छ ।

नेपालकै प्रसूति इतिहासमा १ सय ६८ किलो तौल भएकी महिलाको शल्यक्रियामार्फत् प्रसूति गराइएको पहिलो रेकर्ड भएको अस्पतालको दाबी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्