संघीय निजामती कर्मचारी विधेयकमा राखिएका कतिपय व्यवस्थाप्रति निजामती कर्मचारीकै आपत्ति

संघीय निजामती कर्मचारी विधेयकमा राखिएका कतिपय व्यवस्थाप्रति निजामती कर्मचारीले आपत्ति जनाएका छन् ।

सरकारले संसदमा पेश गरेको उक्त विधेयकको मस्यौदा छलफलकै क्रममा छ । विधेयकका केही व्यवस्था अन्यायपूर्ण, योग्यता प्रणालीको बर्खिलाप गर्ने खालका रहेको भन्दै कर्मचारीले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै आइतबार विज्ञप्ति निकालेका छन् ।
ठूलो संख्यामा रहेका राजपत्र अनंकित प्रथम श्रेणीका कर्मचारीको भावनाविपरीत र योगदानको अवमूल्यन गर्दैं मनोबल कमजोर बनाउने गरी विद्यमान निजामती सेवा ऐन, २०४९ भन्दापछि हटेर सो ऐनमा भएका व्यवस्थासमेत हटाउँदै प्रस्तावित विधेयकमा राखिएका कतिपय प्रावधान अन्यायपूर्ण, योग्यता प्रणालीको बर्खिलाप र आपत्तिजनक रहेका छन्,’ निजामती सेवाका राजपत्र अनंकित कर्मचारीहरूले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूले उक्त विधेयकका व्यवस्था जस्ताको त्यस्तै पारित भए आन्दोलनमा उत्रिनुको विकल्प नरहेको पनि बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्