सुनको मुल्य निरन्तर ओकालो, आइतबार तोलामा ७०० ले बढ्यो

काठमाडौं – लगातार बढ्दो क्रममा रहेको सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य हालसम्मकै उच्च तोलामा ९१ हजार ३०० रुपैयाँ पुगेको छ ।

शुक्रबार तोलामा ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य साताको पहिलो दिन आइतबार तोलामा ७०० रुपैयाँले बढेर तोलामा ९१ हजार ३०० रुपैयाँ पुगेको हो । यसअघि असार ११ गते सुनको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँ पुगेको रेकर्ड बनेको थियो ।

यसैगरी तेजावी सुन आइतबार ९० हजार ८६० रुपैयाँमा कारोबार भएको छ । यस्तै शुक्रबार चाँदी तोलामा ९४५ रुपैयाँमा कारोबार भएपनि पनि महासंघले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्