कैलालीबाट केलाली जनसरकार प्रमुख सहित विप्लव समूहका ६ जना पक्राउ

कैलालीबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका ६ जना पक्राउ परेका छन् । प्रहरीले धनगढी उप–महानगरपालिका वडा नम्बर ९ बस्ने केलाली जनसरकार प्रमुख ४८ का दल बहादुर बिकसहित ६ जनालाई शनिबार राति पक्राउ गरेको हो ।
विभिन्न मितिमा आपराधिक क्रियाकलापमा संलग्न रही फरार भएका बिकलाई प्रहरीले वडा नम्बर १२ जुगेडामा फेला पारेको थियो । उनीमाथि राजद्रोह, कर्तव्य ज्यान, हातहतियार खरखजाना, विस्फोटक पदार्थ तथा संगठित अपराधको आरोप रहेको प्रहरीको दावी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्