शितल निवास र विलाशिता

महामहिम ज्यू, देश यस्तो संकटको घडिमा हुंदा पनि आफ्नो विलाशिताको लागि कुनै कसर बाँकी नराख्ने हजुरलाई जनताको आवाज सुन्न त कहाँ फुर्सद होला र ? सायद शितल निवासका भित्ताको बनाओट नै त्यस्तै हो कि बाहिरको केही कुरा नि भित्र नसुनिने, नत्र त देश र देशबासी को यस्तो पीर मार्का सुन्नु पर्ने हो हजुर ले । राष्ट्रको अभिभावकत्व लिनु पर्ने हो हजुर ले तर हजुर आफ्नो बिलासिता बाट कहिले माथी उठ्न सक्नु भएन चाहे त्यो १८ करोड को हेलिकप्टर किन्ने कुरा मा हो, चाहे शितल निवास साँगुरो भएर शितल निवास संगै रहेको प्रहरी तालिम केन्द्र सार्ने कुरामा होस, चाहे एक करोडको गलैँचा किन्दा होस या चाहे अस्ति मात्रै दिनु भएको रात्रीभोजको मामलामा होस हजुरले आफ्नो पद को गरिमा जोगाउन सक्नु भएन ।
हजुरको सवारी हुँदाको तामझाम र लावा लस्करले गणतन्त्र आएको महुसुस नै हुन दिनु भएन महामहिम ज्यू । मन्दिर जादा सुरक्षाकर्मीलाई आफ्नो जुत्ता बोक्न लगाउने प्रवृतीले अझै पनि मालिक र नौकर कै झल्को दिन्छ महामहिम ज्यू ! जनता दास हुन म मालिक हुँ भन्ने मानसिकता हाबी भएको ठहरिन्छ ।
देशको अर्थतन्त्र उठ्नै नसक्ने गरि थला परिसकेको अवस्था, संयम अर्थमन्त्री ले नै राष्ट्रसेवक कर्मचारीलाई नै तलब खुवाउन सक्ने अवस्था छैन भनी सकेको अवस्थामा पनि शितल निवास भित्र भोज भत्रेर र रमझम को कहिले कमि भएन । महामहिम ज्यू एक करोडको गलैँचाको लागि त्यत्रो बिरोध् हुदा पनि शितल निवास एक शब्द बोलेन अहिले यत्रो संकट को घडीमा गलैँचा त्यति आवश्यक होइन्न जति कोरोना जांच गर्ने पिसिआर कीट भनी एउटा बिज्ञप्ती नै जारी गरेको भए पनि हजुरको धेरै उचाई बड्ने थियो, जनताले हजुरको जय जय कार गर्ने थिए महामहिम ज्यू ।
महामहिम ज्यू कुनै बेला राज्य र संयम जनता लात हाने जसरि नारायणहिटी छोडेका पुर्ब राजा ज्ञानेन्द्र जसले पुर्ब राष्ट्रप्रमुखको हैसियतमा न कुनै भत्ता बुझ्छन न त कुनै आर्थिक लाभ नै लिएका छन तिनै राजाले देश र जनताको लागि भन्दै कुनै बेला आफ्नो विरुद्ध कू गरेका अहिलेको सरकार ले सुरु गरेको कोरोना कोषमा एक करोड जम्मा गर्दा हजुर ले आफ्नो तलब को १५ प्रतिशत मात्र सहयोग गर्दा जनता मा यो गणतन्त्र भन्दा त राजतन्त्र नै ठिक थ्यो भन्ने अनुभूति भैइ रहेको छ महामहिम ज्यू , र आज पछुतो मानी रहेका छन गणतन्त्र ल्याउन को लागि ६ महिना को शिशु बोक्दै आन्दोलनमा छाती थापेकाहरु गणतन्त्र ल्याउंन को लागि लडेका र अझै पनि आफ्नो शरीर भित्रै गोली बोकेकाहरु र गणतन्त्र कै लागि कोख रितिएका हरु, सिँउदो पुछिएकाहरु र टुहुरा भएका हरु ।
महामहिम ज्यू हजुरले रात्री भोज को लागि सबै दलका उच्च पदस्त ब्यक्ति र सम्पुर्ण पुर्ब प्रधानमन्त्री लाई निम्ता गरिरंहदा पुर्ब राजा ज्ञानेन्द्रबाट जारी भएको असार महिनामा परेको आफ्नो जन्मदिनलाई उत्सबको रुपमा नमाउने भनी घोषित भएको बिज्ञप्ती र त्यसमा झल्किएको उहाँको राष्ट्रप्रेमले देश र देशवासीप्रतिको पीडाले राजतन्त्रप्रतिको जनता को आस्था फेरि बिस्तारै जाग्दै गएको भान हुन्छ ।
महामहिम ज्यू नारायणहिटी भित्र सबैको पँहुच भएन आसेपासे र ठुलाबडाले मात्र प्रबेश पाए भनेरै गणतन्त्रको लागि आन्दोलन सुरु भएको होइन र ? किन फेरि आज शितल निवासमा नि त्यंहि परिपाटी दोहंरिदै छ । किन जंहिले पनि शितल निवासको रात्री भोजमा आसेपासे र पँहुच भएकोलाई मात्र डाकिन्छ किन खुला भएन महामहिम ज्यू शितल निवास गरिब अनि खान नपाएको लागि जसको तपाईलाई त्यो शितल निवासको राजगद्दीमा बसाल्न ठूलो हात छ ? किन खुला भएन सडक बालबालिकाको लागि । टुप्पोमामा पुगे पछि किन आफू लाई टुप्पोमामा पुगाउने भर्र्याङ् को खुड्किलाहरु लाई किन बिर्सनु भो महामहिम ज्यू जस्ले हजुरलाई टुप्पोमा पुगाउन हजुरको सम्पुर्ण बोझ आफ्नो काँधमा लिए किन फुर्सद भएन महामहिम ज्यू उहाँहरुलाई पछाडी फर्केर हेर्न । महमहिम ज्यू कुनै दिन अनाथ अपांग अशक्त र बृदाआश्रममा भएका आमा बुवा लाई रात्री भोजमा बोलाउनु होस त महामहिम ज्यू उहाँहरुलाई चौरासी ब्यञ्जन चाहिन्न मात्र भोको पेट भर्न पाए हुन्छ र भोको पेट भरिएपछी उहाँहरुको अनुहारको मुस्कानले तपाईं लाई छुट्टै आनन्द्र महुसुस हुनेछ महामहिम ज्यू ।
महामहिम ज्यू तपाईं त देशको अभिभावक हो संविधानले हजुरलाई देशको संरक्षकको भुमिका दिएको छ महामहिम ज्यू देश यस्तो संकटमा परेको बेला हजुरले कानमा तेल हालेर बसेको सुहाएन महामहिम ज्यू । जब घरमूलि नै आर्थिक मितब्ययितामा चल्छ अनि मात्र परिवारका अन्य सदस्यले मितब्ययिता अपनाउंछ्न महामहिम ज्यू हजुर त देशको लागि घरमुलि हो खै हजुर ले मितब्ययी हुनु भएको । हजुरले मितब्ययी भएर चलेको भए सायद प्रधानमन्त्रीमन्त्री र अन्य उच्च पदस्त ब्यक्तिलाई मितब्ययी हुन दबाब हुन्थ्यो कि महामहिम ज्यू ।
आर्थिक मितव्ययिता कसरी अपनाउने भन्ने कुरा सिक्न धेरै टाढा जानु पर्दैन महामहिम ज्यू पाकिस्तानका प्रधानमन्त्रीलाई हेरे पुग्छ के हजुर त्यस्तै गर्न सक्नु हुन्न र महामहिम ज्यू लिलामीमा राख्दिनु त हजुरको लागि भनेर किनिएको हेलिकप्टर, केही समयलाई थांती राख्दिनु त शितल निवास गलैंचा फेर्ने कुरा छिमेकि राष्ट्र भारतमा राष्ट्रपति प्रधानमन्त्री र मन्त्रीहरुको तलब तीस प्रतिशत घटाएको हेरि हजुरले मेरो पनि तीस नै नभएपनी सवस्फुर्त रुपमा केही समयलाई कम्तीमा १० प्रतिशत घटाईदिनु भनी दिनु भएको भए प्रत्येक नेपाली को मनमा हजुर को लागि छुट्टै इज्जत हुन्थ्यो महामहिम ज्यू । देश समृद्धितिर लम्क्यो र यो संकट पार गर्यो भने त्यो बेला जनता हाम्रो रास्ट्रपति लाई हेलिकप्टर चाहिन्छ भनी आफै आवाज उठाउने छ्न त्यति बेला एक करोड को होईन १० करोडको गलैँचा हाल्दा नि जनता एक शब्द बोल्ने छैनन महामहिम ज्यू । हजुरले यस्तो गर्नु भो भने कहिले दुख्ने छैनन गणतन्त्रको लागि लडेका घाउहरु ।
समय अझै छ महामहिम ज्यू आफू लाई सच्याउने र जनतामा जाग्दै गएको गणतन्त्रप्रति को बितिष्णालाई बदल्ने त्यसैले समय मै सचेत हुनु होस् महामहिम ज्यू नत्र नारायणहिटी खालि गराउन सक्ने शितल निवास खाली गर्न को लागि सडकमा न आउलान भन्न सकिन्न ।

लेखक : दिनेश जोशी, स्थायी घर लेकम–५, दार्चुला भएपनि उनी हाल कञ्चनपुरको महेन्द्रनगरमा बस्दै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्