हेलम्बुमा फैलिए दयाका हातहरु

सुशील सुवेदी, सिन्धुपाल्चाेक

ललितपुरको सातदोबाटो दयाका हातहरु नेपाल’ नामक संस्थाले हेलम्बु गाउँपालिकालाई विभिन्न सहयोग उपलब्ध गराएको छ । विपन्न परिवारमा रोजगारी सिर्जना गर्नका लागि रु. २ लाखका साथै स्वास्थ्य सामग्री प्रदान गरिएको संस्थाका कार्यक्रम व्यवस्थापक कृष्णकुमार दाहालले जानकारी दिनुभएको छ ।

प्रदान गरिएका स्वास्थ्य सामग्रीमा पीपीई सेटलगायतका सामग्री २८ थान र केएन ९५ मास्क ५ सय थान रहेको छ । दीर्घरोगीहरुका लागि रु ५ लाखभन्दा बढीको औषधि उपलब्ध गराएको छ । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा र स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र सिग्देललाई संस्थाका कार्यक्रम व्यवस्थापक कृष्णकुमार दाहाल र वरिष्ठ अधिकृत रामनाथ राउतले शुक्रबार नगद तथा सामग्री हस्तान्तरण गर्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्