दार्चुलाकाे शैल्यशिखर नगरपालिकामा थप ३ जनामा कोरना संक्रमण पुष्टि

गणेश सिँह धामी, दार्चुला

शैल्यशिखर नगरपालिकामा थप ३ जनामा कोरना संक्रमण पुष्टि भएको छ । शुक्रवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा शैल्यशिखर नगरपालिकाका तीन जना पुरुषमा कोरोना पुष्टि भएको हो । यो सँगै दार्चुलामा संक्रमितको संख्या १६ पुगेको छ ।
असार २ गते दार्चुलाका आइसोलेसन र क्वारेन्टाइनमा रहेका २२८ जनाको स्वाब संकलन गरी धनगढी पठाइएको थियो । संकलन भएका ९५ जनाको रिपोर्ट आउन बाकी रहेको तीन जनाको पोजेटिभ आएको छ । त्यसमा बाँकी १३० जनाको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका स्वास्थ्य संयोजक चक्र कार्कीले बताए ।

यसैबिच सुदूरपश्चिम प्रदेशमा आज दुई सय १९ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार आज डोटीका ७१ जना, कञ्चनपुरका ४३, कैलालीका ३८, बाजुरा र बैतडीका २७÷२७, बझाङका ९, दार्चुलाका ३ र अछाम जिल्लाका १ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या १ हजार ८ सय ८६ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्