गण्डकीमा कोरोना संक्रमितको संख्या ७५३ पुग्यो, आज एका बिहानै थपिए ११ जना संक्रमित

काठमाडौ – गण्डकीमा बिहिबार बिहानै ११ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशका ४ जिल्लामा ११ जना कोरोना संक्रमित थपिएका हुन् ।
म्याग्दीका ६ जना, स्याङ्जाका १ जना, बाग्लुङका २ जना, प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा भेटिएका हुन् भने नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का २ जना प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौडाको प्रयोगशालामा गरिएको परीक्षणमा भेटिएका गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमतिको संख्या ७५३ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्