अर्थ व्यवस्थामा सुरुको अनुमान भन्दा दोब्बर असर : आईएमएफ

काठमाडौं – अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले कोरोना महामारीका कारण विश्वको अर्थव्यवस्थामा सुरुमा अनुमान गरिएभन्दा पनि ठूलो असर पर्ने बताएको छ ।

आईएमएफका अनुसार विश्वभर आर्थिक गतिविधिमा यस वर्ष १० प्रतिशतले गिरावट आउने छ । गत अप्रिलमा अर्थव्यवस्थामा पाँच प्रतिशतले कमी आउने आईएमएफले जनाएको थियो । कोरोना महामारीबाट जोगिन बिभिन्न देशहरुले जारी राखेको लकडाउनको असर विश्वभरको अर्थव्यवस्थामा परिरहेको छ ।

सामाजिक दुरी कायम गर्ने नियमका कारण धेरै व्यक्तिहरु घर बाहिर निस्किएका छैनन् । जसका कारण उनीहरुका माग पनि कम छन् । त्यसको सीधा असर अर्थव्यवस्थामा परिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्