आजको मौसम : अधिकांश भू–भागमा बदली, केही स्थानमा भारी वर्षा, सतर्क रहन आग्रह

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले बिहीबारको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव र मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ । हाल देशका अधिकांश भूभागमा बदली रहेको छ । प्रदेश १,२,५,सुदूर पश्चिम प्रदेश तथा कर्णाली प्रदेशका केहि स्थानहरुमा बर्षा भइरहेको छ ।

यसैगरी, पूर्वानुमानका अनुसार आज दिउँसो देशभर बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, प्रदेश १, २, ६, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले बिहीबार राति देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्