समाजवादी पार्टीले सांसद सरिता गिरीसँग स्पष्टिकरण सोध्यो

काठमाडौँ – सरकारले ल्याएको संविधान संशोधनको विरोधमा उभिएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पार्टीले स्पष्टीकरण सोधेको छ ।
नयाँ नक्साका आधारमा निशान छाप परिमार्जन गर्नका लागि सरकारले संविधान संशोधनका लागि दर्ता गराएको विधेयकको विरोधमा उभिएकी सांसद गिरीलाई सात दिनभित्र आफ्नो स्पष्टीकरण दिन पार्टीले निर्देशन दिएको पार्टीका महासचिव रामसहाय यादवले बताए ।

सांसद गिरीको विषयमा छलफल गर्न सोमबार पदाधिकारीको बैठक बसेको थियो । बैठकले सात दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको उनले बताए । उनको स्पष्टीकरण आएपछि कारबाही गर्ने नगर्ने विषयमा पार्टीले थप निर्णय लिने उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्