जापानले घरमै बसेर कोरोना परीक्षण गर्न सकिने विधिको विकास गर्‍यो

एजेन्सी – जापानले घरमै बसेर कोरोना परीक्षण गर्न सकिने विधिको विकास गरेको छ । नाकबाट स्वाव लिएर परीक्षण गर्न सकिने उक्त विधिबाट अब धेरै मानिसहरुले घरमै बसेर कोरोना परीक्षण गर्न सक्नेछन् । जापानको अनुसन्धानकर्ताहरुको एक टोलीले उक्त विधि विकास गरेको हो । उक्त परीक्षण विधिबाट २५ मिनेटमै नतिजा प्राप्त हुने जनाइएको छ ।

जापानी विश्वविद्यालयहरुसँग मिलेर काम गरिरहेको एक मेडिकल फर्मले उक्त परीक्षणको काम गरिरहेको बताइएको छ । यो विधिबाट कुनै पनि मानिसले आफ्नै घरमा बसेर कोरोना परीक्षण गर्न सक्ने र २५ मिनेटपछि नतिजासमेत हेर्न सक्नेछ । बेलायतमा पनि यो खालको विधिको परीक्षण भैरहेको छ । यो परीक्षण सफल बनाउनका लागि १४ हजारभन्दा बढी स्वास्थ्यकर्मीहरु खटिइरहेको बीबीसीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्