वीरगञ्जमा डेढ वर्षका बालकसहित ११ जनाले कोरोना जिते

वीरगञ्ज – वीरगञ्जमा डेढ वर्षका बालकले कोरोनालाई जितेर घर फर्किएका छन् । वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पतालले उनीसहित ११ जना संक्रमितलाई सोमबार डिस्चार्ज गरेको छ ।

डिस्चार्ज हुनेमा सखुवाप्रसौनीका डेढ वर्ष र ३ वर्षका दुई जना बालक र ३० वर्षीया एक जना महिला छन् । उनीहरु तीनै जनामा जेठ ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । सखुवाप्रसौनी–२ गुलरियास्थित क्वारेन्टिनमा बस्दा सानो बच्चालाई ज्वरो आएपछि उनीहरुलाई रिफर गरेर वीरगञ्ज पठाइएको थियो । वीरगञ्जमा उनीहरुको पीसीआर टेस्ट गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

गण्डक कोभिड अस्पताललमा अब ६ जना महिलासहित ३२ जना संक्रमित उपचाररत छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्