जुम मिटिङमा पर्यटन मन्त्री योगेश भट्टराईले बोल्दा बोल्दै पोर्न भिडियो बजेपछि ………

काठमाडौं – नेपाल पर्यटन बोर्डले सोमबार दिउँसो पर्यटनसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न ‘जुम एप’ भर्चुअल बैठक आयोजना ग¥यो ।

जुमको माध्यमबाट दिउँसो १ बजे आयोजना गरिएको उक्त मिटिङमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो धारणा राखिरहेका बेला जुमको इन्टरफेसमा एक्कासि पोर्न भिडिओ तथा पोर्न भिडिओ आउने साइट सेयर भयो ।

त्यसलगत्तै मन्त्रीले बोल्न छाडे र मिटिङ आयोजक पर्यटन बोर्डले सेसन अन्त्य ग¥यो ।
२ सयजना बढी सहभागी उक्त मिटिङमा कुन अकाउन्टबाट कसरी भिडिओ सेयर भयो भन्ने विषयमा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बोर्डलाई निर्देशन दिइसकेको छ ।

बोर्डका अध्यक्ष तथा मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले बोर्डलाई छानबिन गर्न निर्देशन दिइएको जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्