काँग्रेस नेत्री डा.आर्जु राणा देउवाद्वारा दार्चुलामा स्वास्थ्य सामाग्री सहयोग

गणेशसिंह धामी
दार्चुला – नेपाली काँग्रेसकी नेत्री डा. आरजु राणा देउवाले दार्चुलाका बर्थिङ सेन्टरलाई स्वास्थ्य सामाग्री सहयोग गरेकी छिन् । सुरक्षित मातृत्व सञ्जाल महासंघकी केन्द्रीय अध्यक्ष समेत रहेकी नेत्री देउवाले सुदूरपश्चिम प्रदेशसभाको लेखा समितिकी सभापति नन्दा बम मार्फत स्वास्थ्य सामाग्री सहयोग गरेकी हुन् ।

डा. देउवाले जिल्लाको मार्मा वर्थिङ सेन्टर, हिकिला, बर्थिङ सेन्टर, शैल्यशिखर बर्थिङ सेन्टर र दार्चुला जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको सभापति बमले बताईन् ।

नेत्री देउवाले अस्पताल सहित बर्थिङ सेन्टरका लागि २५ लिटर सेनिटाईजर, ६२ एन नाईन्टी फाईभ मास्क, २६ वटा पीपीई, ६ सय मेडिकल मास्क, ३ सय ८४ स्यानिटरी प्याड, ग्लोब्स लगायतका स्वास्थ्य सामाग्री सहयोग गरिएको गरेकी हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्