बालुवाटारमा नेकपा सचिवालय बैठक जारी, यि विषयमा हुदैछ छलफल

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।
बैठकमा नागरिकता विधेयकबारे छलफल हुने बुझिएको छ ।

शुक्रबार पार्टीका केही नेता तथा प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा रहेका सांसदहरुसँग परामर्श गरेपछि थप निर्णय गर्न सचिवालयलाई जिम्मा दिइएको थियो ।

यसअघि बिहीबार प्रधानमन्त्री केपी ओली सहित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेसका नेताहरुको विधेयकबारे धारणा सुनेका थिए ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबार सहमति जुटाउन ५ दिनको समय दिएपछि प्रधानमन्त्रीले उक्त विधेयकमा सहमति जुटाउन छलफल थालेका हुन् ।

नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नगरिकता दिनुपर्ने मतमा नेकपा सांसदहरु लगभग सहमत छन् ।

विदेशी ज्वाइँलाई नागरिकता दिनेबारे भने विवाद छ । नेकपाकै महिला सांसदहरुले विदेशी बुहारीलाई जस्तै ज्वाइँलाई पनि ७ वर्ष स्थायी बसोबास गरेपछि अंगीकृत नागरिकता दिनुपर्ने धारणा राखेका छन् । काँग्रेसले भने ७ वर्षे प्रावधानको विरोध गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्