बैतडीका थप ६३ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या ११५ पुग्यो

बैतडी – बैतडीमा थप ६३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बैतडीमा ७ महिला र ५६ पुरुषमा कोरनो संक्रमण पुष्टि भएको हो ।

दोगाडाकेदार गाउपालिकाका ११, शिवनाथ गाउपालिकाका ११, दशरथचन्द नगरपालिकाका १०, सिगास गाउपालिकाका १०, पञ्चेशवर गाउपालिकाका १६, पाटन नगरपालिकाका ५ जना गरी ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

यो सँगै बैतडीमा कोरोना संक्रमितको संख्या ११५ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्