गुल्मीमा एकै दिन थपिए ४८ जना कोरोना संक्रमित

तम्घास – गुल्मीमा शुक्रबार थप ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, गुल्मीका सूचना अधिकारी पशुपति आर्चायले जानकारी दिए । योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या १५४ पुगेको स्वास्थ्य कार्यालय, गुल्मीले जनाएको छ ।

शुक्रबार सङ्कमण पुष्टि हुनेमा धुर्कोट गाउँपालिकाका २० जना, गुल्मीदरबार गाउँपालिकाका १४ जना, इश्मा गाउँपालिकाका १२ जना र मालिका गाउँपालिकाका दुई जना रहेको स्वास्थ्य कार्यालय, गुल्मीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्