फोक्सोको क्यान्सरका ७४ वर्षका वृद्धले पनि जिते कोरोना

चितवन – चितवनमा फोक्सोको क्यान्सरका ७४ वर्षका वृद्धले पनि कोरोनालाई जितेर घर फर्किएका छन् । उनी शुक्रबार भरतपुर अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएका हुन् ।

भरतपुर महानगरपालिका– ६ का वृद्धको उपचारमा संलग्न भरतपुर अस्पतालका फिजिसियन डा. प्रमोद पौडेलले ७४ बर्षका फोक्सोको क्यान्सरबाट पीडित वृद्ध कोरोना संक्रमणबाट निको हुनु खुशीको खबर भएको बताए ।

फोक्सोको क्यान्सरको उपचारका लागि छोरासँग भारत गएका वृद्धमा गत जेठ ९ गते कोरोना संक्रमण देखिएको थियो । उनकी ७३ बर्षकी श्रीमतीमा पनि कोरोना संक्रमण देखिएको थियो । उनले श्रीमतीसँगै झण्डै १ महिना भरतपुर अस्पतालमा बसेर उपचार गराएका थिए । श्रीमान श्रीमती दुबैजना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका अस्पतालका चिकित्सक डा. पौडेलले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्