भारतमा नेपालको झण्डा जलाएको बारे सरकारको धारणा आवश्यक छ ?

काठमाडौँ – नेपालले जारी गरेको नयाँ नक्साको पृष्ठभूमिमा भारतमा केही मानिसहरूले नेपालको झण्डा जलाएको देखिने तस्बिर र भिडिओ सामग्री सामाजिक सञ्जालमा देखिएका छन् ।

यो घटनाका सम्बन्धमा नेपालले अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन । यो घटनाको संवेदनशीलता र औपचारिक रूपमा प्रतिक्रिया दिनु पर्ने वा नपर्ने सम्बन्धमा विज्ञका मिश्रित धारणा छन् ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले यस्ता क्रियाकलापले देशको संवेदनशीलताको मर्ममै प्रहार हुने भएकाले सामान्य ठान्न नहुने बताएको बीबीसी नेपालीले उल्लेख गरेको छ ।

नेपालको प्रतिक्रिया आवश्यक छ?

सामाजिक सञ्जालमा देखिएका त्यस्ता सामग्रीलाई उद्धत गर्दै थुप्रै नेपालीहरूले भारत सरकारको ध्यानाकर्षण गर्नुपर्ने कुरा उठाएका छन् ।

ती सामग्रीको आधिकारिकताबारे बीबीसीले स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन ।

तर संवैधानिक मामिलाविज्ञ विपिन अधिकारी झण्डा जलाउने घटनालाई नियन्त्रण गर्ने प्रयास सबैजसो देशले गर्ने भए पनि त्यस्ता सबै घटनामा सरकारहरूले प्रतिक्रिया जनाउन आवश्यक नहुने ठान्छन् । कानुनविद् अधिकारी भन्छन्, “त्यस्ता गतिविधिमा सत्तापक्षको संलग्नता, ठूला राजनीतिक पार्टी वा कानुनी निकाय नजोडिएसम्म खुला समाजमा मानिसहरूका अभिव्यक्ति स्वतन्त्रताकै रूपमा हेर्ने गरिन्छ ।”

तर नेकपाका रिजाल भने यस्तो विषय औपचारिक रूपमा त्यहाँको सरकारको ध्यानाकर्षण गर्नुपर्ने विषय रहेको ठान्छन् ।

स्रोत : बीबीसी नेपाली 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्