दार्चुलामा राष्ट्रबादी नेता स्व. प्रेमसिह धामीको सालिकमा दीप प्रज्वलन, काठमाडौँलाई कालापनी दुखेको भन्दै खुसी व्यक्त

गणेशसिंह धामी
दार्चुला – लिम्पियाधुरा सहितको नेपालको नक्साले संवैधानिक मान्यता पाएको दिन राष्ट्रबादी नेता स्व. प्रेमसिह धामीको सालिकमा दिप प्रज्वलन गरिएको छ ।

बिहिबार साँझ सदरमुकाम खलंगास्थित स्व. धामीको शालिकमा दीप प्रज्वलन गरिएको हो । तात्कालिन समयमा धामीले कालापानी नेपालको मुटु हो काठमाडौँलाइ किन दुख्दैन भनेर सडक देखि संसदसम्म आवाज उठाएका थिए । आज उनको आवज तीन करोड जनताले सुनेको र काठमाडौँलाई कालापनी दुखेको दीन भन्दै उनको शालिकमा दीप प्रज्वलन गरिएको हो ।

नेपालको नाबी, कुटी, गुन्जी समेत लिम्पियाधुरासम्मको भूमि वर्षाैपछि नेपालको नक्सामा समेटीएपछि सम्पूर्ण नेपाली हर्षित भएका छन् । निशान छापमा लिम्पियाधुरासहितको नयाँ नक्सा अद्यावधिक गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि नयाँ नक्साले संवैधानिक मान्यता पाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्