अछाममा आज एकै दिन २९ जनामा कोरोना संक्रणको पुष्टि

अछाम – बिहिबार एकै दिन अछामका दुई स्थानीय तहमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मेल्लेख गाउँपालिकाका २३ र साँफेबगर नगरपालिकाका छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । आज अछाममा एकै दिन ठूलो सङ्ख्यामा कोरोना पुष्टि हुने सङ्ख्या अहिलेसम्मकै बढी हो ।

मेल्लेख गाउँपालिकाका १५ पुरुष, आठ महिला गरेर २३ जना र साँफेबगर नगरपालिकाका चार पुरुष र दुई महिला रहेका स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षण्मा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

अछाममा कोरोना सङ्क्रमण पुष्टि हुने ५१ जना पुगेका छन् । जसमध्येमा सात जना कोरोना जितेर घर फर्किसकेका जिल्ला स्वास्थ्य कार्यालय अछामले जानकारी दिएको छ । पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेर पठाइएकोमा ७०८ जनाको रिपोर्ट आउनै बाँकी रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्