सैनामैना नगरपालिकाका १७ जनाले कोरोना जिते

बुटवल – बिहीबार रुपन्देहीको सैनामैना नगरपालिकाको आइसोलेसनमा रहेका १७ जनाले कोरोना भाइरस मुक्त भएका छन् ।

नगरपािलकाका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीका अनुसार पछिल्लो परीक्षण नेगेटिभ नतिजा आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको हो । सैनामैनाले आइसोलेसनमा १७ दिन बसालेर अबको एक हप्ता घरमा सामाजिक दूरीसहित बस्ने शर्तमा उनीहरूलाई डिस्चार्ज गरेको हो ।

उनीहरू सबै भारतको दिल्ली मुम्बइलगायत शहरबाट आएका हुन् । डिस्चार्ज हुनेहरू १८ देखि ५० वर्ष उमेर समूहका पुरुष छन् । उनीहरू यसअघि सातदेखि १५ दिनसम्म क्वारेन्टाइनमा बसेका थिए । सङ्क्रमण पुष्टि भएपछि वनकट्टामा रहेको चक्रपाणी योग तथा प्राकृतिक चिकित्सालयमा रहेको आइसोलेसन सेन्टरमा राखिएको थियो । आइसोलेसनमा सात जना सङ्क्रमित छन् । सैनामैनामा अहिलेसम्म ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्