हालसम्म १ हजार १ सय ६७ जना कोरोनामुक्त, २० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ९ जना पुरुष कोरोनामुक्त भएका बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  हालसम्म १ हजार १ सय ६७ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। जसमा महिला १ सय १२ र पुरुष १ हजार ५५ छन्

पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च दरले वृद्धि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ५ सय ८६ जना संक्रमित थपिएका छन्। यीसहित कुल संक्रमित ७ हजार १७७ पुगेका छन्

त्यस्तै हालसम्म २० जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्