सुर्खेतको क्वारेन्टाइनमा भारतबाट आएका एक पुरुषको मृत्यु

सांकेतिक तस्बिर

सुर्खेत – सुर्खेतको गुर्भाकोट नगरपालिका–७ स्थित क्वारेनटाइनमा बसेका एकजनाको मृत्यु भएको छ ।

१३ दिनअघि भारतको गढवालबाट स्वदेश फर्किएका गुर्भाकोट नगरपालिका – ८ का ५० वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको मेयर हस्त पुनले जानकारी दिए ।

सोमबार बिहान आफैले खाना पकाएर खाएका ती व्यक्ति एक्कासी छाती दुख्यो भनेर पल्टिएका थिए । त्यतिकैमा उनको मृत्यु भएको मेयर पुनले बताए ।

मृतकको स्वाब पीसीआर परिक्षणको लागि सुर्खेत प्रयोगशालामा पठाइएको छ । मेयर पुनका अनुसार मृत्यु भएका ती व्यक्ति पहिलेदेखि नै क्षयरोगका बिरामी थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्