CORONA

डोल्पा र मुस्ताङ सडक सञ्जालमा जोडिदै

l7gL, #@ h]7 8f]Nkf hfg] ;8s ;d'b|L ;txaf6 kfFr xhf/ ld6/ prfOdf /x]sf] lxdfnL lhNnf d':tfªsf] kmNofs ufpF x'Fb} 8f]Nkf hf]8g lgdf{0f ul/Psf] ;8s . ;‹Lo ;/sf/sf] ef}lts k"jf{wf/ tyf oftfoft dGqfnon] cfly{s jif{ @)&^÷&& df sfof{Gjog x'g] u/L !! s/f]8 ljlgof]hg u/]sf] 5 . t:jL/M lg/h ysfnL÷/f;;

गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जिल्ला सडक सञ्जालमा जोडिने भएको छ । सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुस्ताङको साङ्ता हुँदै उपल्लो डोल्पाको छार्कालाई जोड्न सडकको काम सुरूआत गरेको हो ।

सो सडक निर्माणका लागि बागलुङस्थित सडक डिभिजन कार्यालयमार्फत कार्यान्वयन हुने गरी आर्थिक वर्ष २०७६र७७ मा रु ११ करोड विनियोजन भएको मुस्ताङका सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिए । वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–५ मा पर्ने साङ्ता गाउँसम्म बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पर्ने एक्लेभट्टीदेखि ४६ किलोमिटर सडकको ट्र्याक खुलिसकेको छ । यो कच्ची सडकमा सवारी सञ्चालनसमेत भइरहेको छ ।

साङ्तादेखि डोल्पाको याखर्कसम्म जोड्न ४० किलोमिटर सडक निर्माण गर्नुपर्ने अनुमान छ । साङ्ता गाउँ मुस्ताङको सबैभन्दा दुर्गम बस्ती हो । उपल्लो डोल्पाको छार्कादेखि मुस्ताङतर्फ पनि सडक निर्माण भइरहेको छ । कर्णाली र गण्डकी प्रदेश जोड्ने सडक पनि हुनेछ ।

समुद्री सतहदेखि पाँच हजार मिटरभन्दा अग्लो स्थान छुनेगरी बन्न लागेको सो सडक नेपालकै सबैभन्दा अग्लो स्थानमा बन्न लागेको बताइएको छ । मुस्ताङ र डोल्पा सडक सञ्जालमा जोडिएमा उपल्लो डोल्पाका बासिन्दाको जनजीवनमा धेरै सहज हुने बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले बताए ।

‘अझै यातायातको सुविधा नभएको उपल्लो डोल्पाका बासिन्दालाई राजधानी काठमाडौँ आवतजावत गर्न यो सडक छोटो हुन्छ’ उनले भने– ‘कृषि उपज, जडीबुटी निकासी, निर्माण सामग्री र खाद्यान्न ढुवानी सस्तो पर्छ ।’ वारागुङ मुक्तिक्षेत्र तथा मुस्ताङ जिल्लाको लाइफलाइन मानिने यो सडकको निर्माणले स्थानीयवासीको जनजीवनमा आमूल परिवर्तनको अपेक्षा गरिएको छ । मुस्ताङ हुँदै उपल्लो डोल्पा भ्रमणमा जाने पर्यटकको सङ्ख्यासमेत बढ्ने उनले बताए ।
सडक कार्यालय बागलुङका सवइञ्जिनीयर सगुनकुमार कार्कीका अनुसार विभिन्न पाँच खण्डमा बनाइने सडकका लागि छुट्टाछुट्टै रकम विनियोजन भएको छ । एउटा खण्डका लागि रु पाँच करोड, रु दुई÷दुई करोडका दुई खण्ड र रु एक÷एक करोडका दुई खण्ड गरी पाँच खण्डमा सडक निर्माण हुन लागेको हो ।

यही आर्थिक वर्षभित्रमा कर्णाली प्रदेशको डोल्पा जोडिने सङ्घीय सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिए । सांसद तुलाचनले भौतिक पूर्वाधार मन्त्रालयबाट निर्वाचन क्षेत्रका लागि आएको रु १० करोड रकममध्ये चार करोड रकमसमेत यही सडकका लागि छुट्याएको जानकारी दिए । रासस

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्