अब निजि प्रयोशालामा पनि कोरोना परीक्षण हुने, खर्च सरकारले व्यहोर्ने

काठमाडौं – सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइनेछ ।

यसरी जाँच गर्दा लाग्ने खर्च सरकारले व्यहोर्ने प्रवक्ता डा. जागेश्वर गौतमले बताए । त्यस्तै विदेश जानका लागि चाहिने निरोगीताको प्रमाणपत्रका लागि कोरोना परीक्षण गर्न काठमाडौंको वीर, त्रिवि शिक्षण अस्पताल र पाटन अस्पतालमा नमुना संकलन गरिने डा. गौतमले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्