थप ६१ जनाले कोरोना जिते, निको हुनेको संख्या ९७४

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना मुक्त भएर ६१ जना डिस्चार्ज भएका छन् । जसमा ६ जना महिला र ५५ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना निको हुनेको कूल संख्या ९७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार निको भएर घर फर्किनेमध्ये पुरुष ८७७ जना र महिला ९७ जना रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्