सडक पूर्वाधारमा खर्च गर्न विश्व बैंकबाट ५४ अर्ब २८ करोड ऋण स्वीकृत

काठमाडौं – सडक पूर्वाधार निर्माणमा खर्च गर्ने गरी विश्व बैंकले नेपाललाई ५४ अर्ब २८ करोड रुपैयाँ (४५ करोड अमेरिकी डलर) ऋण सहायता उपलब्ध गराउने भएको छ ।

विभिन्न सडक पूर्वाधारको स्तरोन्नतीबाट सुरक्षित यातायातको विकास, थप रोजगारी सिर्जना र अन्तरदेशीय व्यापारका माध्यमबाट कोभिड १९ले अर्थतन्त्रमा पारेको असर न्यूनिकरणमा यो सहायता उपयोगी हुने विश्वास विश्व बैंकको रहेको छ । यो रकम नेपालको रणनीतिक सडक आयोजनामा खर्च हुने भएको छ । विश्व बैंकको बोर्डले ऋण स्वीकृति गरेको हो ।नागढु्रंगा–नौबिसे–मुग्लिङ सडक सुधार, कमला–ढल्केवर–पथलैया सडक आयोजनाको स्तरोन्नतिमा यो रकम उपयोग गरिने भएको छ ।

यसले भारतसँगको नेपालको सडक संजाल मजवुत गराउने छ । विश्व बैंकका कन्ट्री म्यानेजर फारिस हदाद जर्वोसले कोभिड १९ का कारण स्थानीय उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा बजारीकरणको बिस्तारमार्फत कोरोनाबाट परेको क्षति कम गर्न यो सहायताले मद्दत गर्ने उल्लेख गरेका छन् । अनलाइनखबरबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्