डिलासैनी गाउँपालिकाको चरम लापरवाहीः ७ वर्ष देखि अपाङ्ग शिक्षिकाले तलब पाइनन्, अध्यक्ष भन्छन् – ‘थाहा छैन’

बैतडी – डिलासैनी गाउँपालिकाको एक विद्यालयमा कार्यरत शिक्षिका कृष्णा बोहराले २०७० साल देखि पारिश्रमिक नपाएको गुनासो गरेकी छिन् ।
डिालासैनी गाउँपालिका वडा नं.–४ मा अवस्थित समैजी आधारभुत विद्यालयमा कार्यरत शिक्षिका बोहराले विगत ७ वर्ष देखि पारिश्रमिक पाएकी छ्रैनन् । उनले २०६९ सालमा विना तलब सेवा गर्ने निर्णय गरि अध्यापन सुरु गरेकी थिइन् तर २०७०साल देखि मासिक ८ हजार तलब दिने निर्णय गरियो । उनी भन्छिन्, “फेरी २०७२ साल २०७४ पुष सम्म मासिक ४ हजार तलब दिने निर्णय गरियो र फेरी २०७४ माघ देखि मासिक ८ हजार तलब दिने निर्णय गरियो । तर पनि आज सम्म तलब पाएको छैन ।” उनले तलब नपाएको कुरा सम्बन्धित विद्यालयमा राख्दा तलब दिन नसक्ने कुरा गरेको बताए । उता गाउँपालिकामा पनि कुरा गर्दा थाहा नभएको प्रतिक्रिया दिएको उनले बताए । ‘म अपाङ्ग र आर्थिक अवस्था कमजोर भएको हुँदा मलाई कसैले पनि साथ र सहयोग गरेन’ उनले भनिन् । तलब नपाएपछि उनले श्रम कार्यालयमा समेत निवेदन दिएको कुरा उल्लेख गरेकी छिन् ।

जनताको सबै भन्दा नजिकको सरकारको रुपमा रहेको स्थानीय सरकार नै जिम्मेवारीबाट पन्छिन मिल्छ ? सबै जनताले डिलासैनी गाउँपालिकामाथि प्रश्न उठाएका छन् । हुन त डिलासैनीमा जनप्रतिनिधिहरुको लापरवाहीका कारण बजेटमाथि अनियमितता भएका कुराहरुसमेत बाहिर आइरहेका छन् । केही दिनअघि गाउँपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष भगिरथ बोहराले राहत सामग्री किन्न टेण्डर आह्वान भएपनि कमिसनमा कुरा नमिल्दा रद्द भएको विषय सार्वजनिक गरेका थिए । यता राहत सामग्रीका लागि टेण्डर दिएका राज श्री फुड इन्डस्ट्रिजका तर्फबाट विरेन्द्र बहादुर रानाले ५० हजार कमिसन माग्दा नदिएका कारण टेण्डर रद्द भएको आरोप लगाएका थिए । जनप्रतिनिधिनै कमिसनमा लिप्त भएपछि शुसाशन हेर्ने कसले ? प्रश्न उब्जिएको छ ।

यस विषयमा गाउँपालिकाका अध्यक्ष उकेन्द्र बोहरासँग  कुरा गर्दा लकडाउन भएपछि शिक्षिका कृष्णा बोहरालाई मासिक तलब तोकेको तर लकडाउकै कारण निकासा गर्न समस्या भएको बताए । उनले यस अघि विद्यालयले किन तलब दिएन भन्ने कुरा आफूलाई कुनै जानकारी नभएको गैरजीम्मेवारी पूर्ण तर्क गरेका छन् । तलब नदिने विद्यालय र प्रधानाध्यापकलाई कारवाहीको दायरामा ल्याउनुहुन्छ भन्ने प्रश्नमा पीडितले उजुरी दिए त्यसका अधारमा छानविन गर्ने छाटो प्रतिक्रिया दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्