एमसीसीबारे छलफल गर्न बोलाइएको नेकपाको बैठक स्थगित

काठमाडौं – अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न बोलाइएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।

प्रतिनिधि सभामा बजेट पारित गर्नुअघि मन्त्रीहरूले जवाफ दिने क्रम जारी रहेकाले बैठक स्थगित भएको नेकपाले जनाएको छ । नेकपा महासचिव विष्णु पौडेलले संसदको छलफल लम्बिएकाले बैठक सरेको र दुई अध्यक्षले नयाँ मिति तय गर्ने बताए ।

आइतबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफलपछि सचिवालय बैठक बोलाइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्