कर्णालीमा २० जना कोरोना संक्रमित थपिए

सुर्खेत – कर्णालीमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण केन्द्रको प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको परीक्षणबाट थप २० जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सल्यानका १३ जना, सुर्खेतका ५ जना र जुम्लामा २ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले पुष्टि गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्